Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बीएससी एग्रिकल्चर कार्यक्रम सञ्चालन गर्न नेपाली सेना र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता


    शुक्रबार, माघ २८ २०७८
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली सेना र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। 

    नेपाली सेना कृषि विज्ञान संस्थानमा बीएससी एग्रिकल्चर कार्यक्रम सञ्चालन गर्नका लागि शुक्रबार सम्झौता भएको हो ।

    जंगी अड्‍डामा आयोजित कार्यक्रममा नेपाली सेना र त्रिभुवन विश्वविद्यालय अन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन संस्थानबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

    लम्जुङ्ग जिल्लामा तैनाथ नेपाली सेना व्यवसायीक कृषि तथा पशुपालन तालिम केन्द्रलाई नेपाली सेना कृषि विज्ञान संस्थानको रुपमा संचालन गरी स्नातक तहको बीएससी एग्रिकल्चर कार्यक्रम सञ्चालन गर्ने लक्ष्य अनुरुप सम्झौता भएको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ । 

    उक्त एमओयू हस्ताक्षर कार्यक्रममा, नेपाली सेनाका तर्फबाट सैनिक कल्याणकारी महानिर्देशनालयका महानिर्देशक उपरथी आनन्द कुमार अधिकारीले हस्ताक्षर गरेका थिए भने त्रिभुवन विश्वविद्यालयका तर्फबाट कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका डीन, प्रा. भार्गव धितालले हस्ताक्षर गरेका थिए ।  न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार