Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ३२ सहसचिवको सरुवा, आन्तरिक राजश्वका डीजी पौडेल तानिए अतिरिक्तमा


    शुक्रबार, माघ २८ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले थप ३२ जना सहसचिवको सरुवा गरेको छ ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आज  विभिन्न मन्त्रालय, विभाग र प्रदेश मन्त्रालय तथा अतिरिक्तमा रहेका सहसचिवहरूको सरुवा तथा पदस्थापन गरेका छन् ।
    जसमा आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्त पौडेललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएको छ ।

     त्यसैगरि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिवहरू गोपाल कुमार अधिकारी र रामबहादुर कुरुम्वाङ्गको अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अन्तरगत, हीरामणि शर्माको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नारायण प्रसाद सापकोटा र श्रवण कुमार पोखरेल गृह मन्त्रालय वा अन्तर्गत, ज्ञानेन्द्र प्रसाद ढकाल र टामलाल पाण्डेको लोक सेवा आयोग वा अन्तर्गत सरुवा भएको छ ।

    हेर्नुहोस्  यस्तो छ बिस्तृत  सूची:

    <iframe src=”https://drive.google.com/file/d/1qV636-eK7JJdIIgBUdnH3AXKakgQh_xC/preview” width=”640″ height=”480″ allow=”autoplay”></iframe>

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार