Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालले ६ महिनामा प्राप्त गर्यो एक खर्ब १० अर्बभन्दा बढीको वैदेशिक सहायता प्रतिवद्धता


    शुक्रबार, माघ २८ २०७८
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा १ खर्ब १० अर्ब ८५ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । 

    २०७७ साउन देखि पुस मसान्तसम्मको अवधिमा नेपालले उक्त वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ । 

    अर्थका अनुसार प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामा अनुदान सहायता ६ अर्ब ८५ करोड २६ लाख (६.१८ प्रतिशत) र सहुलियतपूर्ण ऋण सहायता १ खर्ब ३ अर्ब ९९ करोड (९३.८२ प्रतिशत) रहेको छ । 

    अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा विभिन्न विकास आयोजना÷कार्यक्रम कार्यान्वयन गर्न २ खर्ब २३ अर्ब बराबरको प्रतिबद्धता प्राप्त भएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार