Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राज्यमन्त्री साउद भन्छिन्- अछामको समृद्धिका लागि सातवटा रणनीतिक सडक महत्वपूर्ण


    शुक्रबार, माघ २८ २०७८
    625
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • अछाम । सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री मिना साउदले अछामको विकास निर्माणका लागि प्रदेश सरकारबाट अहिलेसम्मकै ठूलाे सहयाेग प्राप्त भएकाे बताएकी छन् । राज्यमन्त्री साउदले सुदूरपश्चिम प्रदेश सरकारले अछामका सातवटा रणनीतिक सडकलाई अघि बढाउन सफल भएको बताइन् ।

    चालू आर्थिक वर्ष ०७८-०७९ बाट काम सुरुवात गरेर आव २०८०-०८१ मा कालोपत्रे गर्ने गरी सडक निर्माण कार्य सुरुवात भएको उनको भनाइ छ । चिसापानी जंगलघाट ऋषिदह वडिमालिका सडक (गैरिटाँड कालागाउँ दर्ना) साँफेबगर नन्देगडा मेल्लेख शोडषा ऋषिदह सडक, मंगलसैन जुपु लुगाडा रामारोशन सडक, चौखुट्टे चौरपाटी सडक, विनायक लयाँटी पुल्लेतोला रामारोशन सडक, साँफे बुढाकोट सडक र बल्देखोला सडकपुल रामारोशनमा सडक निर्माण सम्पन्न गर्ने गरी बजेटको सुनिश्चितता भएको एक कार्यक्रममा उनले उल्लेख गरिन् । तीन वर्षभित्र सम्पन्न हुने गरी सडकका लागि एक अर्ब सात करोड २९ लाख रुपैयाँ प्रस्ताव गरिएको राज्यमन्त्री साउदको भनाइ छ । 

    साउदले शिक्षा, स्वास्थ्य, महिलाको जीवनस्तर परिवर्तनका लागि प्रदेश सरकारबाट विभिन्न कार्यक्रम हुँदै आएको बताइन् । शिक्षामा गुणस्तरता, स्वास्थ्यमा सबैको पहुँचका लागि काम हुँदै आएको उनकाे भनाइ छ । बयलपाटा अस्पताल प्रदेश सरकारको प्रमुख प्राथमिकता रहेको पनि उल्लेख गरिन् ।

    महिलाको आर्थिक अवस्था परिवर्तनका लागि सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा स्वरोजगारमूलक कार्यक्रम चाँडै सञ्चालनमा आउने उनकाे भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार