Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ४३ प्रतिशतले वृद्धि भयो एभरेष्ट इन्स्योरेन्सको खुद बीमा शुल्क


    शुक्रबार, माघ २८ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको खुद बीमा शुल्क ४३ प्रतिशतले बृद्धि भएको छ । इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमाससम्ममा ६ करोड रुपैयाँ नाफा कमाएको छ ।

    गत वर्षको तुलनामा यो नाफा  १९.२० प्रतिशत कम हो । गत आर्थिक वर्ष ७ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

    एक अर्ब ११ करोड ३६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ४१ करोड ३३ लाख रुपैयाँ सञ्चित छ। जगेडा कोषको आकार गत आर्थिक वर्षको तुलनामा ३२.६२ प्रतिशत वृद्धि भएको छ।

    इन्स्योरेन्सले २ हजार ८ सय ३५ वटा बीमालेख बापत ३४ करोड ६ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ। ३ हजार ५ सय ४६ वटा बीमालेख बापत १ अर्ब २६ करोड ८९ लाख रुपैयाँ भुक्तानी गर्न भने बाँकी रहेको देखिन्छ ।

    यस्तै, चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा इन्स्योरेन्सको बीमा कोषमा ४५ करोड ६७ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा बीमाकोष २५.५१ प्रतिशत वृद्धि भएको देखिन्छ।
    यो अवधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ४३ प्रतिशत वृद्धि हुँदै २७ करोड ७४ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्सले १९ करोड ४० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो।

     कम्पनीको प्रति सेयर आम्दानी १०.१४ रुपैयाँ रहेको छ।  प्रति सेयर नेटवर्थ भने  १७३.५१ रुपैयाँ रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार