Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड’को तयारी


    शुक्रबार, माघ २८ २०७८
    730
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली गीत संगीत र पहिरनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड’को तेस्रो संस्करणको तयारी सुरु भएको छ । स्टार वान इन्टरटेनमेन्टले आयोजना लागेको ‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड–२०२२’ का लागि आयोजकले फारम खुल्ला गरेका छन् ।

    अवार्डमा भाग लिन चाहनेहरूका लागि बिहीबारबाट फारम खुला गरिएको आयोजक संस्थाकी अध्यक्ष पूजा निरौलाले बताइन्  । अवार्डमा सहभागी हुन चाहनेहरूले आगामी ५ चैतसम्म फारम भरिसक्नुपर्नेछ । सहभागीले स्टार वान इन्टरटेनमेन्टको कार्यालय नयाँ बानेश्वरबाट फारम लिएर भर्न सक्ने छन् । अवार्डको आयोजना नयाँ वर्षको अवसर पारेर आगामी वैशाखमा गरिने भएको छ ।

    यो अवार्डमा सहभागी हुन चाहने गीतहरू सन् २०२१ जनवरीबाट सन २०२२ जनवरी अन्त्यसम्म रिलिज हुनुपर्ने आयोजक पक्षले जनाएको छ । अवार्डमा गीत संगीततर्फ आधुनिक, गजल, पप, लोकपप, लोक, लोकदोहोरी, चलचित्र, राष्ट्रिय भाव, चाड पर्व, भाषाभाषी, भेग विशेष र भजन गीतहरूले भाग लिन पाउने छन् । गीतसँगै म्युजिक भिडियोको टिमले पनि भाग लिने पाउने छन् ।  

    कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलका अनुसार अवार्ड समारोहमा विभिन्न सम्मान पनि गरिने छ । संगीत, मोडलिङ र फेसनमा आजीवन योगदान दिएकालाई ‘आजीवन योगदान सम्मान’ र विशेष सम्मान प्रदान गरिनेछ ।

    फेसनतर्फ कोरियोग्राफर, र्याम्प मोडल, पेजेन्ट मोडल, विज्ञापन मोडल, फेसन डिजाइनर, फेसन मेकअप, फेसन हेयर, इभेन्ट म्यानेजर, इभेन्ट म्यानेजमेन्ट कम्पनी, पेजेन्ट डिजाइनर, इभेन्ट कोअर्डिनेटर, इभेन्ट होस्ट, अन्तराष्टिय ब्युटिपेजेन्ट उपाधि विजेता, राष्टिय व्युटिपेजेन्ट उपाधि विजेता, फेसन आईकन, फेसन तथा ब्युटीपेजेन्ट फोटो ग्राफर, उत्कृष्ट फेसन शो तथा व्युटिपेजेन्ट, फेसन डिजाइनिङ इन्टिच्युट, इन्टनेशलन पेजेन्ट डिरेक्टर विधामा प्रतिस्पर्धा हुनेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार