Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हराएको बालकुमारी माईको मूर्ति भेटियो, फेलापार्नेले पाउलान् त ५ लाख पुरस्कार ?


    शुक्रबार, माघ २८ २०७८
    740
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । ललितपुर  महानगरपालिका २७ नम्बर वडा सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको बालकुमारी माईको मूर्ति फेलापरेको छ ।

    ललितपुर क्षेत्र नम्बर २ का प्रदेश सांसद राजकाजी महर्जनका अनुसार ललितपुरको हात्तीवनस्थित क्लासिक टावरको पछाडि रहेको एक मन्दिरबाट शुक्रबार बिहान मूर्ति फेला परेको हो । 

    अहिले मूर्तिलाई सुनाकोठी ल्याउने तयारी भइरहेको छ ।

    २०७८ माघ ९ गते मूर्ति चोरी भएको थियो । ललितपुर महानगरपालिका वडा नम्बर २७ का वडाध्यक्ष बाबुराज महर्जनले हराएको मूर्ति फेलापार्ने वा  विशेष सूचना दिने व्यक्तिलाई पाँच लाखसम्मको पुरस्कार दिने घोषणा गरेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार