Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सागरको गहिराइमा निराजन र एलिसाको जोडी


    शुक्रबार, माघ २८ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं। मोडल एलिसा राई र निराजन प्रधानले ‘सागरको गहिराइ’मा जोडी बाँधेका छन् । गायक पार्कर लिम्बुको पछिल्लो गीत ‘सागरकाे गहिराइ’मा याे जाेडी निकै जमेकाे छ ।

    पप गायक लिम्बुको शब्द, संगीत र गायन रहेको सार्वजनिक गीतमा एलिसा र निराजनको जोडी निक्कै सुहाएको छ। सार्वजनिक म्यूजिक भिडियोमा युवापुस्ताको खुशीको क्षणलाई चित्रण गरिएको छ। 

    निकेश खड्काले निर्देशन गरेको म्यूजिक भिडियो छायांकन उत्तम हुमागाईंले गरेका हुन् । भिडियो सम्पादन विकाश धमलाले गरेका छन् । सार्वजनिक गीत गायक पार्करले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार