Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘प्रचण्ड चीनबाट सञ्चालित’


    शुक्रबार, माघ २८ २०७८
    655
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । तराई मधेस केन्द्रित दलका नेताले मधेसवादी दलहरू विदेशी शक्तिले बनाएका हुन् भन्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिको निन्दा गरेका छन्। सँगसँगै उनीहरूले दाहाल नै चीनबाट सञ्चालित भएको आरोप पनि लगाएका छन्।

    दाहालले बिहीबार एक सार्वजनिक कार्यक्रममा मधेस केन्द्रित दलहरू विदेशी शक्तिले बनाएको आरोप लगाएका थिए। दाहालले शान्तिसम्झौतापछि सिंगो मधेस माओवादीमय भएको र यसबाट आत्तिएका विदेशी शक्तिले मधेस केन्द्रित दलहरू बनाएको आरोप लगाएका थिए।

    जनता समाजवादी पार्टीका अध्यक्ष मनिष सुमनले दाहालबाट यस्तो अभिव्यक्ति आउनु अत्यन्त खेदजनक र दुभाग्र्यपूर्ण भएको बताउँदै भने, ‘दाहाल आफैं विदेशबाट सञ्चालित छन्। उनी चीनबाट सञ्चालित नेता हुन्।’ आफूहरू राष्ट्रियताप्रति हृदयदेखि नै प्रतिबद्ध भएको बताउँदै सुमनले थपे, ‘यो देशको मूल नेपाली भनेको हामी हौं।

    हामी कतैबाट सञ्चालित छैनौं। आफ्नो माटोप्रति प्रतिबद्ध छौं।’ दाहालको बोलीको ठेगान नभएको आरोप पनि उनले लगाए। ‘उहाँले कुन बेला के भन्नुहुन्छ, पत्तै हुन्न। उहाँको बोलीको ठेगान हुँदैन। विदेशबाट सञ्चालित भएको व्यक्तिको बोली यस्तै हुन्छ’, उनले भने।

    यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकारिणी समिति सदस्य केशव झाले दाहालको पार्टीको नाम विदेशी व्यक्तिहरूको नामबाट राखिएको बताउँदै भने, ‘हामीले विदेशी नामबाट पार्टीको नाम राखेका छैनौं। उहाँहरूले माओ, लेनिन, स्टालिनजस्ता विदेशी व्यक्तिको नामबाट पार्टीको नाम राख्नुभएको छ।’ दाहाल आफैं विदेशबाट आयातित व्यक्ति भएको झाले आरोप लगाए।

    ‘उहाँ आफैं विदेशबाट आयातित व्यक्ति हो। त्यसैले उहाँले अरूलाई आयातित देख्नुहुन्छ,’ उनले थपे, ‘सबैभन्दा बढी राष्ट्रवादी हामी हौं। हाम्रो पार्टी हाम्रो देशभित्र बनेको छ। दाहालको पार्टी विदेशमा बनेको हो।’ नागरिक दैनिकमा समाचार छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार