Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डिबलाको गोलमा युभेन्ट्स सेमिफाइनलमा


    शुक्रबार, माघ २८ २०७८
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।इटालीयन सिरी ए क्लब युभेन्ट्स  कोपा इटालीयाको सेमिफाइनलमा प्रबेश गरेको छ ।

    बिहीबार राति घरेलु मैदानमा पाउलो डिबला र एक आत्माघाती गोल उपहार पाएको युभेन्ट्स सासुओलोलाई २-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

    खेलको तेस्रो मिनेटमै घरेलु टोलीलाई अर्जेन्टिनी स्टार डिबलाले अग्रता दिलाए । हामेद जिनियरले गोल गर्दा भ्रमणकारी टोली बराबरी गर्न सफल भयो । तर खेल सकिन दुई मिनेट अघि सासुओलोका रुआनले आत्माघाती गोल गर्दा युभेन्ट्स विजयी भयो ।

    अब फाइनल प्रबेशका लागि डबल लेगमा युभेन्ट्सले फिओरेन्टेनाको सामना गर्नेछ । अर्को सेमिफाइनलमा इन्टर मिलान र एसी मिलान भिड्नेछन् । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार