Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसईईको परीक्षामा ५ लाख बिद्यार्थी सहभागी हुने 


    बिहिबार, माघ २७ २०७८
    810
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सबै अधिकार प्रदेशलाई हस्तान्तरण गर्ने प्रस्ताव अगाडि सारेको छ । बिहीबार शिक्षा पत्रकार समूह (इजोन) ले आयोजना गरेको कक्षा ११ र १२ तथा एसईई परीक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष  डा. महाश्रम शर्माले सो कुरा बताएका हुन् ।

    इजोनले आज दरवार हाईस्कूल रानीपोखरीमा आयोजाना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै  राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. शर्माले  आगामी बैशाखमा हुने एसईई  परीक्षमा करिब  ११ हजार बिद्यालयका करिब ५ लाख बिद्यार्थी सहभागी हुने बताए ।

    त्यसैगरी शर्माले बिद्यार्थीहरुको सहजताका लागि २ हजार  परीक्षा केन्द्र्र ब्यवस्था गरिएको बताएका छन् । उनले भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गर्ने बताउँदै त्यो बेला कोरोना सङ्क्रमण बढेमा त्यही अनुसार नयाँ विधि प्रयोग गर्न सकिने बताएका छन् ।

    सरकारले घोषणा गरेको स्थानीय निर्वाचनलाई ध्यानमा राखेर बोर्डले एसईई परीक्षा बैशाख ९ गतेदेखि नै गर्ने निर्णय गरेको उनले बताएका छन् ।  

    बोर्डका अध्यक्ष शर्माले कक्षा १२ को परीक्षा तालिका केही दिनमा सार्वजनिक गरिने जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार