Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चुनावका लागि मात्रै ५० अर्ब बजेट माग


    बिहिबार, माघ २७ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौ ।  अर्थमन्त्री जनार्दन शर्माले चुनावका लागि मात्रै ५० अर्ब रूपैयाँ बजेट माग रहेको बताएका छन् ।

    बिहीबार आर्थिक वर्ष २०७८/७८को बजेटको अर्धवार्षिक समीक्षा गर्दै मन्त्री शर्माले स्थानीय तहको चुनावका लागि ५० अर्ब रूपैयाँ बजेट माग रहेको बताएका हुन् ।

    शर्माका अनुसार चुनावका लागि १० अर्ब रूपैयाँ मात्रै छुट्याइएको छ । अरु बजेट कहाँबाट व्यवस्थापन गर्ने भनेर चुनौती थपिएको शर्माको भनाइ छ ।

    सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको चुनाव घोषणा गरेको छ । यसका लागि निर्वाचन आयोगले मात्रै १२ अर्बभन्दा बढी खर्च हुने अनुमान गरेको छ ।

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार