Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ


    बिहिबार, माघ २७ २०७८
    2.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिन्धुपाल्चोक।  मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् । 

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी दक्षकुमार बस्नेतका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका-४ का चोपनाथ नेपाल पक्राउ परेका हुन् । 

    मानव  वेचविखन तथा ओसारपसार मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतले १६ पुस २०५८ मा उनलाई १ वर्ष ६ महिना कैद सजाय तोकेको थियो ।  तर उनी फरार थिए ।

    पक्राउ परेका नेपाललाई कारागार चलान गरिएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार