Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसईईकाे परीक्षा तालिका सार्वजनिक (तालिकासहित)


    बिहिबार, माघ २७ २०७८
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं। आगामी ९ वैशाखमा माध्यमिक शिक्षा परीक्षा (एसईई) घाेषणा गरेकाे राष्ट्रिय परीक्षा बाेर्डले परीक्षा तालिका पनि सार्वजनिक गरेकाे छ ।

    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले ९ देखि २० वैशाखसम्म परीक्षा सञ्चालन गर्ने निर्णय भएकाे बताए । 

    तालिका अनुसार आगामी ९ वैशाखमा अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने तालिकामा उल्लेख छ ।

    ११ वैशाखमा अनिवार्य गणित र १२ मा अनिवार्य नेपालीको परीक्षा हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ ।

    कोरोना महामारीका कारण कारण अघिल्ला दुई वर्ष भने एसईई भएको थिएन । विद्यालयको आन्तरिक मूल्यांकनलाई नै परीक्षा बोर्डले वैधानिकता दिएको थियो ।

    SEE.jpg.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार