Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झापामा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु


    बुधबार, माघ २६ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । झापामा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको  ज्यान गएको छ । बुधबार दिउँसो १ बजेतिर जिल्लाको गौरादह नगरपालिका र बिर्तामोड नगरपालिकामा सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको हो ।

    गौरादह-१ गुरुङ चोकस्थित गौरादह–पाडाजुँगी सडक खण्डमा धान बोकेको ट्रकले किचेर शिवसताक्षी नगरपालिका-१ की ५३ वर्षीया हिमादेवी दाहालको मृत्यु भएको हो । 

    उत्तरबाट दक्षिणतिर जाँदै गरेको प्र १–०१–०१४ प ३३२६ नम्बरको मोटरसाइकलको पछाडी सवार दाहाल मोटरसाइकलबाट सडकमा लडेकोमा उनलाई सोही दिशातर्फ जाँदै गरेको मे १ ख २६९८ नम्बरको ट्रकले किचेको थियो । दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल मृतकका श्रीमान् नन्दलालले चलाएको प्रहरीले जनाएको छ ।

    त्यस्तै, बिर्तामोड नगरपालिका-६ बुट्टाबारीस्थित पूर्व-पश्चिम लोकमार्गमा पश्चिम आउँदै गरेको मे१ज १९१८ नम्बरको म्याजिक भ्यानले विपरीत दिशाबाट जाँदै गरेको प्र १–०१–०१३ प ७३२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । म्याजिकको ठक्करबाट मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका ११ का ५४ वर्षीय दिलीप राजवंशी र पछाडी सवार बिर्तामोड ४ का ४९ वर्षीय कृष्ण राजवंशी घाइते भएका थिए ।

    गम्भीर घाइते चालक राजवंशीको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार