काठमाडाैं । निर्वाचनको मितिका कारण आफ्नो ५ वर्षको कार्यकाल घट्ने भन्दै मेयर संजिवकुमार शाहले दायर गरेको रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्विकार गरेको छ ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहाल अनुसार स्थानीय तह निर्वाचन रोक्न माग गर्दै महोत्तरीको भंगाहा नगरपालिका–२ घर भएका शाहले दिएको निवेदन दरपीठ गरिएको हाे ।
तराईका जिल्लामा दोस्रो चरणमा २०७४ असोज ७ मा निर्वाचन भएको थियो । त्यसैले शाहले २०७९ असोज ६ सम्म आफ्नो कार्यकाल रहने दावी गरेका हुन् । तर, सर्वोच्चले ‘बिना आधार निवेदन आएको’ भन्दै दरपीठको निर्णय गरेको छ ।