Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भुक्तानी नदिएको भन्दै ठेकेदारले गरे पुल बन्द


    बुधबार, माघ २६ २०७८
    710
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • मुगु । सोरु गाउँपालिकाले सम्झौताअनुसार अन्तिम किस्ताको रकम ५० लाख नदिएको भन्दै जलप रवि चक्र जेभीले मंगलबारदेखि तारापानी सिप जोड्ने मुगु कर्णाली नदीको पुल बन्द गरेको छ । बेलिब्रिज बन्द गरेपछि सवारीसाधन रोकिएका छन् ।

    बेलिब्रिज निर्माण पूरा भएको एक बर्षसम्म पनि गाउँपालिकाले अन्तिम किस्ता रकम भुक्तानि नदिएपछि पुल बन्द गर्नु पर्ने अवस्था आएको कम्पनीका सन्चालक बखतबहादुर मल्लले बताए । कूल सम्झौता रकम तीन करोड ३७ लाखमध्ये दुई करोड ८७ लाख मात्र गाउँपालिकाले भुक्तानी गरेको र ५० लाख रुपैयाँ एक बर्षसम्म नदिएको उनको भनाइ छ । 

    पुल बन्द भएपछि गमगढी आउनजान र ढुवानी गर्न बाधा भएको छ । २०७६ सालमा कम्पनीले गाउँपालिकासँग बेलिब्रिज निर्माण सम्झौत गरी २०७७ मा काम सम्पन्न गरेको थियो । आउँदो हिउँदे अधिवेशनमा गाउँपालिकाले रकम छुटयाएर कम्पनीलाई भुक्तानि दिने जनाएको थियो । तर कम्पनीले तत्कालै रकम माग गर्दै आएको थियो । रकम भुक्तानि नभएसम्म पुल नखोल्ने कम्पनीको चेतावनी छ । यसैबीच मुगुमा कार्मारोड जोड्ने लुम्स बेलिब्रिजको पनि अन्तिम रकम १० लाख नपाएको कम्पनीको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार