Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारी सेवा सुविधा विरलै पुग्ने बस्तीका सबैले लगाए कोरोना भाइरसविरूद्धका खोप


    बुधबार, माघ २६ २०७८
    820
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • विराटनग । विराटनगर महानगरपालिकाको-१९ बैजनाथपुरमा बसोबास गरिरहेका ऋषिदेव समुदाय कष्टकर जीवन बिताउन बाध्य छन्। कुनै सीप र रोजगार नभएका कारण ती समुदायको दैनिकी सञ्चालनमा सकस त छ नै, शिक्षा र अर्थिक अभावका कारण  उनीहरूको दैनिकी थप कष्टकर बन्दै गएको छ।

    आर्थिक एवं सामाजिक रूपमा निकै पछाडि परेका यी समुदायमा कोही पनि एसइईसम्म पढेका छैनन्। तर पनि अहिले यो समुदायका बालबालिका नजिकैका सामुदायिक विद्यालयमा अध्ययन गर्न गइरहेका छन्। हामीलाई दैनिक जीवनयापन गर्न त समस्या छ भने कसरी छोराछोरीलाई पढाउनु उनीहरूको पीडादायी प्रतिक्रिया छ। 

    आर्थिक एवम् सामाजिक रूपमा पिछडिएका यो समुदायका लागि विराटनगर महानगरपालिकाले आवासगृह निर्माण गरेको छ। महानगरपालिकाको आवास कार्यक्रमअन्तर्गत ह्याविटेट नामक संस्थाले सहयोग गरेर अहिले ती समुदायका ३२ परिवारका लागि आवासगृह निर्माण गरेको छ। एक परिवारका लागि दुई वटा सुत्ने कोठा, एउटा भान्सा घर र शौचालयसहितको व्यवस्थित घर ह्याविटेटले निर्माण गरिदिएको छ।

    विराटनगर महानगरपालिकाले सो बस्तीमा नाला, बाटो बनाई खानेपानीका लागि ट्युबेलसमेत जडान गरेको छ।

    यही भौतिक संरचनामा ऋषिदेव परिवारको दिनचर्या चलिरहेको छ भने अहिले जाडोमा उनीहरूलाई न्यानो लुगा र पोषिलो खानेकुराको समेत अभाव देखिएको छ।

    ती समुदायका ३२ परिवारका लागि दुई वटा मात्र ट्युबेल छन्। एउटा बिग्रिँदा खानेपानीको लागि निकै समस्या झेल्नु परेको ५९ वर्षीय फुलो ऋषिदेवले बताए। यो घर पनि हाम्रो लागि पर्याप्त छैन। परिवारको सङ्ख्या बढ्दा बरण्डामा रात बिताउनु परेको पीडा उनको छ। .

    फुलोको परिवारबाट दुई बालबालिका सामुदायिक विद्यालय जान्छन्। एउटा कक्षा पाँचमा र अर्को कक्षा सातमा पढ्दै छन्। कोरोना भाइरस संक्रमणको जोखिमका कारण रोजगारी खोसिएपछि आर्थिक समस्या झेल्दै आएका नरेश ऋषिदेवले ठेला चलाएर परिवारको गुजारा गर्दैछन्। दैनिक रु ४०० भन्दा बढी आम्दानी हुँदैन, के गर्नु, अर्को उपाय पनि छैन, त्यसैले कठिन जीवनयापन गर्न बाध्य भएको उनको भनाइ छ।

    उनका पनि दुई बालबालिका सामुदायिक विद्यालयमा अध्ययनरत छन्।

    सरकार सेवा र सुविधा विरलै पुग्ने यो बस्तीका व्यक्तिले भने कोरोना भाइरसविरूद्धका खोप लगाएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार