काठमाडौं। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौताविरुद्ध माइतीघरमा विरोध प्रदर्शन भएको छ।
एमसीसी सम्झौताको बिरोध गर्दै ७ राजनीतिक दलले बुधबार मध्यान्ह माइतीघरमा एमसिसी खारेज गरौं, गो ब्याक एमसिसी, वैदेशिक हस्तक्षेप बन्द गरौं जस्ता प्लेकार्डसहितका नारा लगाउँदै विरोध प्रदर्शन गरेकाे हाे ।
नेपाल कम्युनिष्ट पार्टी,नेकपा मसाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेकपा क्रान्तिकारी, राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (माओवादी समाजवादी) सयुंक्त रूपमा प्रदर्शन गरेका हो।
अहिले उक्त क्षेत्रको शान्ति सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै ठुलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ।