Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतमा छात्रालाई हिजाव प्रतिबन्ध लगाएको विषयमा मुख खोलिन मलालाले


    बुधबार, माघ २६ २०७८
    735
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । नोबेल शान्ति पुरस्कार विजेता मलाला युसफजाइले भारतमा कक्षा कोठामा हिजाव लगाउन पाउने अधिकारका निम्ति आन्दोलन  गरिरहेका ६ विद्यार्थीको पक्षमा बोलेकी छिन् । हिजावमाथिको प्रतिबन्धलाई मलालाले डरलाग्दो भनेकी छिन् । 

    ‘हिजाव लगाएर छात्राहरुलाई विद्यालय जान अनुमति नदिनु डरलाग्दो हो,’ २४ वर्षीया मलालाले ट्विट गरेकी छिन् । मलालाले मुस्लिम महिलाहरुकोसीमान्तकरण रोक्न भारतीय नेताहरुलाई आह्वानसमेत गरेकी छिन् ।

    कलेजमा हिजावमा प्रतिबन्धको विरोधमा कर्नाटक राज्यमा किशोरीले केही सातादेखि आन्दोलन गरिरहेका छन् । हिजाव विवादले राज्यभित्र धार्मिक तनाव बढेको छ । विरोधपछि विभिन्न स्थानमा भएका झडपपछि तीन दिन विद्यालय र कलेज बन्द भएका थिए ।

    सो विवाद भारतका राष्ट्रिय पत्रपत्रिकाको मुख्य शीषर्क बनेको थियो । विवाद राज्यको उच्च न्यायालयसम्म पुगेको छ ।
     
    हिजाव लगाउनु भारतको संविधानले सुनिश्चित गरेको धर्मसम्बन्धी आधारभूत अधिकार भएको तर्क गर्दै एक विद्यार्थीको तर्फबाट अदालतमा मुद्दा दायर भएको छ ।

    एउटा माध्यामिक विद्यालयको व्यवस्थापनले कक्षा कोठामा हिजाव लगाउन प्रतिबन्ध लगाएपछि किशोरीहरु त्यसको विरोधमा प्रदर्शन सुरु गरेका थिए । 

    बालिकाहरुको शिक्षाका पक्षमा वकालत गरेको भन्दै सन् २०१२ मा पाकिस्तानका तालिवानले मलालालाई गोली हानेर गम्भीर घाइते बनाएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार