Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अर्थका दुई सहसचिवको जिम्मेवारी हेरफेरः बजेट महाशााखामा चक्र बुढा, राजस्वमा बराल 


    बुधबार, माघ २६ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  अर्थमन्त्रालयका सहसचिवहरुको जिम्मेवारी परिवर्तन गरिएको छ ।  बजेट महाशाखाका प्रमुख भूपाल बराललाई राजस्व ब्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ । बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी भर्खरै अर्थमन्त्रालयमा सरुवा भएका चक्र बुढालाई दिइएको छ ।

    राजस्व ब्यवस्थापन महाशाखा प्रमुख रामेश्वर दंगाल सचिवमा बढुवा भएपछि रिक्त रहेको ठाउँमा बराललाई पठाइएको छ ।

    अर्थमन्त्री जनार्दन शर्माले जथाभावी रकमान्तर र स्रोतान्तर गर्न दबाब दिएपछि बराल वाक्कदिक्क भइसकेका थिए । उनी नै बजेटबाट कसरी बाहिरिने भन्ने दाउमा भएको बेला जिम्मेवारी परिवर्तन भएपछि राहत महसुस गरेका छन् । मन्त्री शर्माको काम नै अहिले ठूला ठेकेदारहरुसँग मिलेर रकमान्तर र स्रोतान्तर गर्नेमा केन्द्रित छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार