Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्व इतिहासमा आजः बोइङ ७४७ को पहिलो उडानदेखि सोभियत युनियनको आइबीएम परिक्षण


    बुधबार, माघ २६ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । आज सन् २०२२ को ९ फेब्रुबरी । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

    आइआरएद्वारा १८ महिना लामो युद्धविराम अन्त्य

    सन् १९९६ मा आइरिस अर्धसैनिक संगठन आइआरएले १८ महिना लामो युद्धविराम अन्त्य गरेको थियो । ९ फेब्रुवरीमा लन्डनमा एउटा शक्तिशाली बम बिस्फोट गराएर उसले एकतर्फी रुपमा युद्ध विराम भंग गरेको हो । लन्डनको क्यानरी हर्वाफमा गराइएको सो बिस्फोटमा दुई जनाको मृत्यु र ३९ जना घाइते भएका थिए ।

    बोइङ ७४७ को पहिलो उडान

    सन् १९६९ मा बोइङ ७४७ ले पहिलो उडान सुरु गरेको थियो । सो जम्बो जेट त्यति बेला विश्वकै सबैभन्दा ठूलो यात्रु विमान थियो ।

    सोभियत युनियनको पहिलो अन्तरमहादेशीय व्यालिस्टक मिसाईल (आइबीएम)

    सन् १९५९ मा सोभियत युनियनले विश्वकै पहिलो अन्तरमहादेशीय व्यालिस्टिक मिसाइल सञ्चालनमा ल्याएको थियो ।  सोभियत आर–७ सेमयोर्का मिसाइल ८८ सय किलोमिटरको दूरीमा प्रहार भएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार