Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जसपा र लोसपा फुटको सँघारमा


    बुधबार, माघ २६ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । मधेसवादी दल पुनः विभाजन उन्मुख देखिएका छन् । विभिन्न ६ पार्टी मिलेर राष्ट्रिय जनता पार्टीको घोषणा भएको थियो । राजपा र संघीय समाजवादी पार्टीबीच एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा)को गठन भएको थियो । तर एक वर्ष नपुग्दै जसपा विभाजन भयो । जसपा विभाजन भएर गठन भएको लोकतान्त्रिक समाजवादी (लोसपा) र जसपा फेरि फुटको सँघारमा पुगेका छन् ।

    अहिलेको जसपा र लोसपामा विवाद चर्किंदै गर्दा यी दुवै दल औपचारिक रूपमै विभाजन हुँदै छन् । जसपामा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवका बीचमा विवाद चर्किंदै गएको छ । वरिष्ठ नेता अशोक राई मौन बसेका छन् । यद्यपि, राईले समेत डा. भट्टराईलाई नै समर्थन गर्र्ने बताइएको छ ।

    अध्यक्ष यादवको कार्यशैलीप्रति असहमति जनाउँदै भट्टराईले पार्टी विधानअनुसार चल्नुपर्ने बताउँदै आएका छन् । विभिन्न निर्णयहरूमा असहमति जनाउँदै भट्टराईले अध्यक्ष यादवबाट असन्तुष्ट नेताहरूको सहयोगमा पार्टी विभाजन गर्ने अवस्थासम्म पुगेका छन् ।

    भट्टराईनिकट नेताहरूले यादव आफ्नो कार्यशैली सुधार्दै पार्टीलाई विधानअनुसार अगाडि नबढाए अध्यक्षकै जिम्मेवारीबाट हटाउन सकिनेगरी तयारी भइरहेको जानकारी दिए । तर, अध्यक्ष यादवनिकटका नेता पार्टी विधानअनुसार नै अगाडि बढेको भए पनि केही नेताले मनोमानी गर्न खोज्दा विवाद भएको बताउँछन् । राजधानी दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार