Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसईई परीक्षा तालिका आज सार्वजनिक हुँदै


    बुधबार, माघ २६ २०७८
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका एक दुई दिनमै प्रकाशित गर्ने भएको छ ।

    परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षा तालिका सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिँदै आज बुधबार वा भोलि बिहीबारभित्र तालिका सार्वजनिक हुने बताए । 

    रापबोर्डले स्थानीय तहको निर्वाचन घोषणा गरेलगत्तै परीक्षा तालिका सार्वजनिक गर्ने जनाएको थियो । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेसँगै निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम शुरू गरिसकेको छ ।

    रापबोर्डले वैशाख २० गतेभित्र परीक्षा सक्ने गरी तयारी थालेको छ। बोर्डको अधिकारीका अनुसार निर्वाचन गराउन कर्मचारी खटिनुपर्ने भएकाले १० दिनअघि नै परीक्षा सक्ने  गरी तालिका निकाल्ने तयारी भएका छ ।  नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार