Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाँच हजार किलो अवैध केराउसहित ट्रक चालक पक्राउ


    मंगलबार, माघ २५ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कपिलवस्तु यशोधरा गाउँपालिका–७ मर्यादपुरबाट करिब पाँच लाख रुपैयाँ मूल्य बराबरको पाँच हजार किलो केराउसहित प्रहरीले युपि५५टि २२९५ नम्बरको ट्रकका चालकलाई पक्रेको छ ।

    ट्रकका चालक भारत सिद्धार्थनगर ग्राम इटवाका २७ वर्षीय धनप्रकाश अग्रहरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । 

    नेपालबाट भारतको इटवातर्फ जाँदै गरेको उक्त ट्रकलाई प्रहरी चौकी मर्यादपुरबाट खटिएको टोलीले पक्रेको । बरामद केराउ र ट्रकसहित चालकलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय सुठौली पठाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार