Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना संक्रमणको आशंकामा झापाबाट काठमाडौँ पठाइयो


    आइतबार, चैत्र २ २०७६
    765
    Shares
  • १ मिनेट पाठ
  • झापा । नोबल कोरोनाको सङ्क्रमणको आशङ्कामा उपचारका लागि झापाबाट एक व्यक्तिलाई आज काठमाडौँ पठाइएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएको हो । 

    उनका अनुसार चिकित्सकले उपचारका लागि निजलाई काठमाडौँ सिफारिस गरेका छन् । ‘कोरोना भाइरस सङ्क्रमण भएको आशङ्का चिकित्सकहरुले प्रारम्भिक जाँचपछि गर्नुभएको छ’, प्रजिअ रानाले भने, उपचारका लागि डाक्टरकै सिफारिसमा आजै ग्राण्डी हस्पिटल लगिएको छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार