काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले स्थानीय तहको निर्वाचनमा एमाले एक्लै चुनावी मैदानमा उत्रने बताएकाे छ ।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले स्थानीय तहको चुनावीमा कसैसँग पनि गठबन्धन नगर्ने बताएका हुन् ।
एमाले जुनसुकै मैदानमा एक्लै जाने बताएउँदै उनले भने, ‘कुनै पनि खेलको मैदान होस या निर्वाचनको मैदानमा जाने कुरा होस, जुन शक्ति आफ्नो एजेण्डामा क्लियर र विश्वस्त छ, त्यो शक्ति ढुक्कसँग मैदानमा जान्छ । जुन शक्ति कमजोर छ, त्यो मैदानमा जान डराउँछ अनि जलझेल गर्छ। एमाले मात्रै विश्वस्तका साथ निर्वाचनमा एक्लै जान चाहन्छ ।’