Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर


    मंगलबार, माघ २५ २०७८
    510
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  •  काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ २२ पैसा र बिक्री दर ११९ रुपैयाँ ८२ पैसा कायम गरेको छ ।

    युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ  १७ पैसा र बिक्री दर १३६ रुपैयाँ ८५ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ १६ पैसा र बिक्री दर १६१ रुपैयाँ ९७ पैसा छ ।

     स्वीस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ९८ पैसा र बिक्री दर १२९ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ५९ पैसा र बिक्री दर ८५ रुपैयाँ एक पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ आठ  पैसा छ ।

    जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३६  पैसा र बिक्री दर १० रुपैयाँ ४१  पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७५  पैसा र बिक्री दर १८ रुपैयाँ ८४ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

    साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ७८ पैसा र बिक्री दर ३१ रुपैयाँ ९४ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ६४ पैसा र बिक्री दर ३२ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

     मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९४ पैसा र बिक्री दर ९ रुपैयाँ ९९ पैसा कायम भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार