Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अब ९५ औं दिनमा स्थानीय तह निर्वाचन


    मंगलबार, माघ २५ २०७८
    645
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । सरकारको निर्णय पर्खेर बसेको निर्वाचन आयोगले तोकिएको समयमा एकै चरणमा ७ सय ५३ स्थानीय तहमा निर्वाचन गराउन तयारी थालेको छ । 

    मन्त्रिपरिषद्को सोमबारको बैठकले २०७९ वैशाख ३० मा मिति तोकेपछि आयोग निर्वाचनको तयारीमा जुटेको हो । मतदाता नामावली अद्यावधिक, निर्वाचन सामग्री खरिद, जनशक्ति व्यवस्थापन, मतदान केन्द्र निर्धारण र कार्यालय स्थापना लगायतका विषयलाई तालिका बनाएर आयोग कार्यान्वयनको तयारीमा छ । 

    मुलुक संघीय संरचनामा गएपछि दोस्रो पटक स्थानीय निर्वाचन हुन लागेको हो । यसअघि २०७४ मा तीन चरणमा निर्वाचन भएको थियो । निर्वाचन मिति टुंगो लागेसँगै आयोगले ७७ जिल्ला प्रशासन, निर्वाचन कार्यालय र ७३ इलाका प्रशासनबाट गर्दै आएको मतदाता नामावली संकलन मंगलबारदेखि रोक्ने भएको छ । 

    निर्वाचन ऐनको दफा ४ को उपदफा २ अनुसार निर्वाचनको मिति घोषणा भइसकेपछि निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न पाइँदैन । कान्तिपुर दैनिकमा खबर छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार