काठमाडौं । वर्तमान शासन प्रणाली बमोजिम संघ, प्रदेश र स्थानीय तहमा आउनसक्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै त्यसको सामना गर्न प्रभावकारी राष्ट्रिय सुरक्षा प्रणालीको विकास गर्न गृह मन्त्रालयले गृह प्रशासन सुधार योजना २०७८ सार्वजनिक गरेको छ ।
मन्त्रालयले सुरक्षा निकायलाई एकिकृत ढंगले सन्चालन गर्न तीन वटै सुरक्षा निकायलाई प्रविधि मैत्री वनाउने योजना अघि सारेको छ ।
मन्त्रालयले सार्वजनिक गरेको सुधार योजनामा नेपालको संबिधान २०७२ को धारा ५१ (क) बमोजिम राष्ट्रिय एकता तथा राष्ट्रिय सुरक्षा सम्वन्धी नीतिलाई सम्वधोन राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिवद्धताहरु गृह प्रशासन सम्वद्ध ऐन, नियम, कानुनलाई परिमार्जित गर्दै लैजाने उल्लेख गरिएको छ ।
गृह प्रशासनलाई सक्षम, सवल र साधन सम्पन्न बनाएर नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूति तथा सरकारप्रतिको विश्वासको अनुभूति दिलाउँदै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन कार्यजोजना ल्याइएको मन्त्रालयले दावी गरेको छ ।
गृह प्रशासनका आगामी क्रियाकलाप थप अनुमानयोग्य र योजनाबद्ध बनाउँदै लैजान गृह प्रशासन सुधार कार्ययोजना २०७८ जारी गरिएको पनि मन्त्रालयले जनाएको छ । कार्ययोजनामा गृह प्रशासन सुधार कार्य योजना, २०७४ को समीक्षामा उल्लेख गरिएका भावी कार्यदिशालाई समेत समावेश गरी क्रियाकलापको पहिचान तथा प्राथमिकीकरण गरिएको मन्त्रालयले जनाएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ।