Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्व इतिहासमा आज :अभियोगीलाई घातक ग्यास प्रयोग गरी मृत्युदण्ड दिइएको त्यो दिन


    मंगलबार, माघ २५ २०७८
    960
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • आज सन् २०२२ को ८ फेब्रुवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज इतिहासमा भएका केही घटना

    घातक ग्यास प्रयोग गरी मृत्युदन्ड
    सन् १९२४ एक जना अभियोगीलाई मृत्युदण्ड दिन लेथल ग्यास प्रयोग गरिएको थियो । नेभाडा राज्यको एउटा कैदमा हत्याको अभियोगमा मृत्युदन्ड सुनाइएका गी जोनलाई सो ग्यास लगाएर मृत्युदन्ड दिइएको थियो ।

    ग्वाडलक्यानल कब्जा
    दोस्रो विश्वयुद्धको समयमा लामो रक्तपातपछि जापानी सेनाको नियन्त्रणमा रहेको ग्वाडलक्यानललाई अमेरिकाले कब्जा गरेको थियो । सन् १९४२ को अगस्टमा सुरु भएको हमला सन् १९४३ को फेब्रुबरीमा समाप्त भएको थियो । ८ फेब्रुवरीमा जापानको सबै सेनाले ग्वाडलक्यानल खाली गरेको थियो । 

    तास्मेनियाको आगजनीमा ६२ जनाको मृत्यु 
    सन् १९६७ मा अस्ट्रेलियाको टापु राज्य तास्मेनियाको दक्षिणपूर्वी क्षेत्रमा लागेको डढेका कारण ६२ जनाको मृत्यु हुनुका साथै हजारौं जना घरबारबिहीन भएका थिए । आगोले मानिसहरुको बसोबास रहेको होवार्ट सहर घेर्दा सो क्षेत्रमा ५२ जनाको जलेर ज्यान गएको थियो ।

    बेलायतको महारानी
    सन् १९५२ को ६ फेब्रुबरीमा बेलायतको राजगद्दीमा राज्यरोहण गरेकी एलिजावेथ द्दितीय ८ फेब्रुबरीमा औपचारिक रुपमा महारानी बनेकी थिइन् ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार