काठमाडाैं । नवनियुक्त शाखा अधिकृतहरूले पदस्थापनाका लागि मंगलबारसम्म निकाय/कार्यालय छनौट गर्नुपर्ने भएको छ ।
माघ १८ को निर्णयअनुसार नियुक्त भएका शाखा अधिकृतले मंगलबार अपरान्ह ५ बजेभित्र कार्यालय छनौट गरिसक्नुपर्नेछ ।
रिक्त रहेका निकाय वा कार्यालय आफैँ छनौट गर्न शाखा अधिकृतहरूलाई मन्त्रालयले आग्रह गरेको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्राेतका अनुसार अनलाइनमार्फत् कार्यालय छनौट गर्न सकिने छ ।
