Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वेस्ट इन्डिजविरुद्ध भारतकाे सहज जित


    सोमबार, माघ २४ २०७८
    935
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । भारतले वेस्ट इन्डिजलाई एकदिवसीय क्रिकेट खेलमा ६ विकेटले पराजित गर्दै शृंखलामा अग्रता बनाएको छ ।

    अहमदाबादमा भएको पहिलो खेलको जितसँगै भारतको एक हजार एकदिवसीय खेल पूरा भएको छ । घरेलु भूमिमा भारतले वेस्ट इन्डिजसँग तीन खेल खेल्नेछ । 

    १७७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारतले २८ ओभरमा ४ विकेट गुमाएर पूरा गरेकाे हाे । भारतका कप्तान रोहित शर्माले सर्वाधिक ६० रन बनाए ।  सूर्यकुमार यादवले ३४, इशान किशनले २८ र दीपक होडाले २६ रनको योगदान गरे । 

    यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४३ ओभर ५ बलमा सबै विकेट गुमाउदै  १७६ रनमा समेटियो ।

    वेस्ट इन्डिजका जासन होल्डरले  सर्बाधिक ५७ रन बनाए । फाबियन एलनले २९ र  निकोलस पुरन तथा ब्राभोले १८-१८ रनको योगदान गरे । 

    भारतका युजभेन्द्र चाहलले सर्वाधिक ४ विकेट लिए । दोस्रो एकदिवसीय बुधबार हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार