Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्व इतिहासमा आजः म्यास्ट्रिच सन्धिमा हस्ताक्षरदेखि अस्ट्रेलियाको डढेलो


    सोमबार, माघ २४ २०७८
    655
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । आज २०२२ को ७ फेब्रुवरी । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाः

    अस्ट्रेलियाको डढेलो

    सन् २००९ मा अस्ट्रेलियाको जंगलमा लागेको डडेलोमा आगलागीमा १७३ जनाको मृत्यु भएको थियो । सो आगलागी अस्ट्रेलियाको इतिहासमै दुःखद राष्ट्रिय विपद् हो ।

    म्यास्ट्रिच सन्धिमा हस्ताक्षर

    सन् १९९२ मा म्यास्ट्रिच सन्धिमा हस्ताक्षर भएको थियो । सन्धिमा हस्ताक्षरसँगै युरोपेली युनियनको स्थापनाको ढोका खुलेको थियो । सन्धिले युरोपेली देशमा साझा मुद्रा युरोलाई मान्यता दिएको थियो ।

    हैटीका राष्ट्रपतिले देश छोडेको दिन

    सन् १९८६ मा हैटीका राष्ट्रपति जीन क्लाउडे बेबी डस डर्भालिएर २८ वर्ष लामो शासनपछि देश छोडेका थिए । देश छोडेको पाँच वर्षपछि सोही दिन हैटीमा पहिलो पटक प्रजातान्त्रिक रुपमा निर्वाचत नेता जीन बर्टान्ड अरिस्टाइडले राष्ट्रपतिको सपथ खाएका थिए ।

    अन्तरिक्षमा पैदल यात्रा

    सन् १९८४ मा नासाका अन्तरिक्षयात्रीहरुले पहिलो पटक डोरीको सहायताबिना अन्तरिक्षमा हिडेका थिए । ब्रुस म्याकक्याडलेस र रोबर्ट एल स्टिवार्ट स्वतन्त्रपूर्वक अन्तरिक्षमा घुमेको तस्विर सन् १९८० को दशकको चर्चित तस्बिर हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार