काठमाडौं । नक्कली फेसबुक एकाउन्टबाट ब्ल्याकमेल गरी जबर्जस्ती करणी गरी ३ महिनादेखि फरार सुजन श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षमा थुनामा पठाउन आदेश दिएको छ । जिल्ला अदालतले आज श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको होे । ३ महिनादेखि फरार श्रेष्ठलाई महानगरीय बृत्त महाराजगंजको टोलीले गएको पुस ३० मा पक्राउ गरेको थियो ।
श्रेष्ठले सौगात महर्जनको नामबाट करिब ३ महिना अगाडि मात्र पीडित नाबालिकासँग साथी बनी सुरू भएको चिनजान अगाडि बढ्दै जाँदा पीडकले बारम्बार भिडियो कल गरी संवेदनशील अंगहरु देखाउन लगाई भिडियो कल रेकर्ड गर्नुका साथै स्कुलमा साथीहरु तथा घर परिवार समेतलाई उक्त भिडियो देखाउँछु र सामाजिक सञ्जालमा भाइरल बनाउँछु भनी ब्ल्याकमेल गरे ।
ब्ल्याकमेलपछि २०७८ प्ुस २७ गते राति ८ बजेको समयमा पीडितलाई काठमाडौं बुढानीलकण्ठ नजिकै रहेको एक निर्माणाधीन घर पछाडि भेट्न बाध्य बनाई जवर्जस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो । जबर्जस्ती करणी गरी गरी फरार भएका पीडकलाई प्रहरीले अनुसन्धानका बिविध बिधिहरुमार्फत् खोजी गर्ने क्रममा सौगात महर्जन नामको नक्कली फेसबुक एकाउन्ट भएको ब्यक्ति काभ्रेपलाञ्चोक, पनौती नगरपालिका वडा नं १ स्थायी घर भई हाल ललितपुर पाटन सुन्धारा बस्ने २१ बर्षीय सुजन श्रेष्ठ भन्ने खुलेपछि पक्राउ गरेको थियो ।