Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • संसदमा एमसीसी टेबुल गर्न सभामुखलाई कानुनमन्त्रीको प्रस्ताव


    आइतबार, माघ २३ २०७८
    755
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कानुनमन्त्री दिलेन्द्र प्रसाद बडूले संसद बैठकमा एमसीसी टेबुल गर्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेका छन् ।

    बानेश्वस्थित संसद सचिवालयमा भेट गर्दै कानुनमन्त्री सापकोटाले एमसीसीको विषय संसदमा टेबुल गर्नूपर्ने बताएका हुन् । यसका सथै उनीहरूबीच संसद सुचारु गर्ने विषयमा समेत छलफल भएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

    आगामी माघ २६ गते बस्ने बैठकमा एमसीसी टेबुल गर्न कानुनमन्त्री बडूले सभामुख सापकोटासँग प्रस्ताव गरेका थिए । तर, सभामुखले यतिबेला उक्त विषयमा छलफलको वातावरण नभएको प्रतिक्रिया दिएको बताइएको छ ।

    एमसीसी मुख्यालयले नेपाल सरकारलाई फेब्रुअरी २८ भित्र एमसीसी पास गर्न समयसीमा दिएको छ । उक्त समयावधिसँगै नेताहरूले यस विषयमा छलफल तथा परामर्श बढाएका छन्

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार