Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ग्रीन भेन्चर्सले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई फागुन २ गतेबाट आईपीओ ल्याउँदै


    आइतबार, माघ २३ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीयका आउँदो फागुन २ गतेबाट आईपीओ निष्कासन गर्ने भएको छ।

    ग्रीन भेन्चर्सले जारी पुँजी ३ अर्ब १२ करोड रुपैयाँमध्ये १० प्रतिशतले हुन आउने १०० अंकित दरका कुल ३१ लाख २५ हजार कित्ता आयोजना प्रभावित ओखलढुंगा र रामेछापका स्थानीयका लागि निष्कासन गर्ने भएको हो।

    यो आईपीओमा ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाका वडा नं. १, २ र ३ तथा लिखु गाउँपालिका वडा नंं ९ का स्थानीय र रामेछापको  लिखु तामाकोशी गाउँपालिका वडा नं. १ र २ तथा उमाकुण्ड गाउँपालिका वडा नं. ७ का स्थानीयले आवेदन दिन सक्नेछन्।आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

    आवेदन रामेछापको मन्थलीस्थित लक्ष्मी बैंक र मेगा बैंक र लिखुस्थित नेपाल इन्भेस्टमेन्ट बैंक तथा खिजिदेम्बास्थित मेगा बैंकबाट आवेदन दिन सकिनेछ। 

    यो आईपीओको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द चाँडोमा फागुन १६ गते र ढिलोमा चैत १ गते  हुनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार