Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उखुबारी हत्याकाण्ड: ४० हजारको लोभमा हत्या


    आइतबार, माघ २३ २०७८
    850
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • विराटनगर । मोरङको धनपालथान गाउँपालिकाको उखुबारीमा भएको हत्याकाण्डका अभियुक्तमध्ये फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीका अनुसार हत्याकाण्डका फरारमध्ये पक्राउ पर्नेमा सुनसरी देवानगन्ज–६ का १८ वर्षीय मोहमद हकिम र मोरङ रंगेली–३ का २२ वर्षीय मोहमद सुभाम रहेका छन् । ‘उनीहरूलाई हामीले हिजो साँझ मोरङबाटै पक्राउ गरेका हौं,’ एसपी जिसीले फोन सम्पर्कमा भने, ‘हाम्रा आफ्नै अनुसन्धानका टेक्निकहरू छन्, सोही टेक्निकलाई फलो गरेर पक्राउ गरेका हौं ।’

    यसअघि शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गर्दै तीन जना अभियुक्तलाई सार्वजनिक गरेको थियो । सिरहा नगरपालिका–२१ स्थायी घर भई हाल काठमान्डौं बल्खु बस्दै आएका अनिलकुमार मण्डल, उनका दुई सहयोगी मोरङ जहदा गाउँपालिका–४ स्विनीका २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान ७ कमलपुर पश्चिम टोलका ६२ वर्षीय नासिर आलमलाई यसअघि नै मोरङ प्रहरीले सार्वजनिक गरेको हो ।

    प्रहरीले थप दुई जनालाई शुक्रबार साँझ पक्राउ गरेर शनिबार सार्वजनिक गरेको हो । ‘पछि पक्राउ परेकाहरू गरीब मजदुर हुन्, दैनिक ज्यालादारीमा निर्भर रहँदै आएका उनीहरू ४० हजारको लोभमा हत्यामा संलग्न भएको खुलेको छ,’ एसपी जिसी भन्छन्, ‘क्विक अप्रेसन फलो गरेर उनीहरूलाई पक्राउ गरेका हौं, ज्याला मजदुरी गर्दै आएकालाई ४० हजारको लोभ देखाइएको रहेछ ।’

    एसपी जिसीका अनुसार अनिलकुमार मण्डलले अमित भनिने दिनानाथ साहलाई लेभर खोज्ने जिम्मा दिएकाले उनैले प्रतिव्यक्ति ४० हजार दिने लोभमा ती दुई जनालाई काम लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । राजधानी दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार