Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरुवा हुने बेला आयो भन्दै दिन गनेर नबस्न सीडीओहरुलाई गृहमन्त्री खाँणको निर्देशन


    आइतबार, माघ २३ २०७८
    905
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले प्रभावकारी रुपमा कर्यासम्पादन गर्न प्रमुख जिल्ल्ला अधिकारी(सीडीओ)हरुलाई निर्देशन दिएका छन् । 

    जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे शनिबार आयोजना गरिएको भर्चुअल बैठकमा मन्त्री खाँणले अब मेरो सरुवा हुने बेला आयो भन्दै दिन गनेर नबसी आफ्नो दायित्व पूरा गर्नेतर्फ लाग्न निर्देशन दिएका हुन् ।

    उनले जिम्मेवारी राम्रोसँग निभाएका सीडीओलाई मन्त्रालयले तोकिएभन्दा समय प्रजिअ बनाएर राख्न सक्नेतर्फ ध्यानाकर्षण गराउँदै उनले जुन दिनसम्म जिल्लामा रहिन्छ त्यसदिनसम्म प्रभावकारी काम गर्न सुझाव दिए । 

    सरकारको प्रतिनिधि भएकाले जिल्लामा सुरक्षा निकायलाई परिचालन गर्ने जिम्मेवारी सीडीओको रहेकाले सुरक्षा समिति र कतिपय अवस्थामा सर्वदलीय राजनीतिक बैठक बसालेर भए पनि प्रभावकारी काम गर्नुपर्ने जिम्मेवारी प्रजिअको रहेको उनको भनाइ छ। 

    कोभिड–१९ को महामारीका बेलामा आफैँ सङ्क्रमित भएर पनि शान्ति सुरक्षा सबल बनाउनमा भूमिका खेलेकाप्रति धन्यवाद दिँदैँ मन्त्री खाँणले आगामी दिनमा त्योभन्दा राम्रो काम हुने विश्वास व्यक्त गरे ।

    कतिपय प्रशासन कार्यालयमा सेवा प्रवाह सुस्त भएको गुनासो आएको सन्दर्भ जोड्दै मन्त्री खाँणले जनतालाई समयमै सहज रूपमा सेवा प्रवाह गर्ने वातावरण निर्माण गर्न पनि निर्देशन दिए । जनशक्ति कम भएका कार्यालयमा जनशक्ति वृद्धि गर्ने विषयमा मन्त्रालय सकारात्मक रहेको उनको भनाइ थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार