Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नुवाकोटमा खाल्डोमा परी बालिकाको मृत्यु


    शनिबार, माघ २२ २०७८
    600
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नुवाकोट । इँटा बनाउन खनेको खाल्डोमा परी बालिकाको मृत्यु भएको छ । सर्लाही बरथहवा नगरपालिका-१५ स्थायी घर भई विदुर नगरपालिका-६ बस्ने रतन महराकी चार वर्षीया छोरी कृतिको शनिबार ज्यान गएको हो ।

    विदुर नगरपालिका-६ बुनीबेंसीस्थित जालपाभैरवी इँटा उद्योगको इँटा बनाउन खटिएको खाल्डोमा परेर बालिकाको ज्यान गएको हो । उनका बुवा रतन सोही इँटा उद्योगमा कार्यरत थिए ।

    खाल्डोमा जमेको पानीमा डुबेकी बालिकाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । न्युज कारखाना
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार