Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पहरी समुदायका स्थापित नेताहरु एकीकृत समाजवादीमा


    शनिबार, माघ २२ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  ललितपुर । विभिन्न पार्टीहरुमा रहेर क्रियाशील रहेका र स्वतन्त्र रुपमा रहेका पहरी समुदायका स्थापित नेताहरु नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।  शनिवार आयोजित कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य प्रेमलकुमार खनालले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

    ललितपुर जिल्ला कमिटी सदस्य माधव नेपालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै खनालले सीमान्तकृत, अल्पसंख्यक, आर्थिक रुपले कमजोर र श्रमजीवीहरुको साथ एकीकृत समाजवादीमा भएको भन्दै अन्य पार्टीहरु कोही दलाल पुँजीवाद र दक्षिणपन्थी व्यक्तिपुजन संस्कृतिमा भासिएको बताए । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अमृतनाथ तिमल्सिनाले युवाहरुले उद्यमशीलता विकास गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा योगदान गर्नुपर्ने बताउँदै समाजवादी संस्कृति, संगठन र सार्वजनिक कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोड दिए ।

    युवाहरुलाई अरुको लागि परिचालन गर्ने सोच र प्रबृतिविरुद्ध विद्रोह गर्दै नेतृत्व विकास, क्षमता विकास र राष्ट्र निर्माणमा योगदान गर्न आग्रह गरेका छन् ।  नेकपा एकीकृत समाजवादीका नेता श्यामकृष्ण सिलवालले नेकपा एमाले कम्युनिष्ट आचरण, शैली, संगठन र विधिमा नचलेकोले आफूहरुले विद्रोह गर्नुपरेको बताउँदै गरिव जनताको साथमा हिँडेको पार्टी ठेकेदार, व्यापारी, भ्रष्ट कार्यशैली भएकाहरुको कब्जामा पर्ने अवस्था रहेकोले कम्युनिष्ट आन्दोलन पुनर्गठनको अभियान चलाउनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा नेकपा एकीकृत समाजवादीका बागमती प्रदेश कमिटी सदस्य अग्नी सापकोटा, युवासंघका स्थायी कमिटी सदस्य रविन सिलवाल, नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य दिपक शर्मा, नवीन महर्जन, श्रृजन घिमिरे लगायतको उपस्थिति थियो । भेलाले कुवेर पहरीको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटि गठन गरेको गोदावरी नगर कमिटी उपसचिव नवीन महर्जनले जानकारी दिएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार