काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागू औषधसहित एक महिलालाई पक्राउ गरेको छ ।पक्राउ परेकी महिलाको साथबाट लागू औषध एम्पुल, डाइजेपाम, एम्पुल फेनार्गन जस्ता लागू औषध प्रहरीले बरामद गरेको छ।
पक्राउ पर्नेमा बकैया गाउँपालिका–४ छतिवन घर भई हेटौंडा उपमहानगरपालका–११ बस्तीपुरमा बस्ने २९ वर्षीया नानीमाया खत्री रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनको कोठाबाट लागू औषध २८० एम्पुल डाइजेपाम, २६८ एम्पुल फेनार्गन र २५० एम्पुल नुफिन गरी ७९८ एम्पुल लागू औषध बरामद गरेको छ ।