Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्युठानमा भएको जीप दुर्घटना अपडेट:मृतक आठै जनाको सनाखत


    शनिबार, माघ २२ २०७८
    565
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • प्युठान । प्युठानमा बेहुली लिएर फर्कँदै गरेको  जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ८  पुगेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।मृत्यु हुनेमध्ये पाँचजना महिला र तीन पुरुष रहेका छन् । गौमुखी गाउँपालिका–६ लिवाङका ३९ वर्षीय बसन्त खड्का र उनकी ११ वर्षीया छोरी एलिसा खड्काको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    यस्तै, सोही ठाउँकी ४० वर्षीया बसन्ती खड्का, २९ वर्षीय केसरी खड्का, ३२ वर्षीय खिमबहादुर खत्री, ५२ वर्षीया नन्दी खड्का, २२ वर्षीया विपना जिसी र ५० वर्षीय चालक बलबहादुर बुढामगरको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डीएसपी सत्यनारायण थापाले बताए ।
    दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइते हुनेहरूमा नौबहिनी गाउँपालिका–६ की बेहुली २० वर्षीय रिमा जिसी, सोही ठाउँकी २५ वर्षीय साबित्रा जिसी, गौमुखी गाउँपालिका–६ लिवाङका १७ वर्षीय नरेश खड्का, बेहुला २५ वर्षीय दानबहादुर खड्का र २१ वर्षीया हरि बुढामगर रहेका छन् । घाइतेमध्ये बेहुलाबाहेक सबैको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
    नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकातर्फ जाँदै गरेको ग१ज ५० ९२ नम्बरको जी बिहान ३ बजे दुर्घटनामा भएको हो । जीप अनियन्त्रित भई सडकबाट झण्डै १५० मिटर तल खसेको प्रहरीले जनाएको छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार