Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टावरमा समस्या आएपछि गौतमबुद्ध विमानस्थल बन्द


    शुक्रबार, माघ २१ २०७८
    950
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बुटवल । टावरमा समस्या आएपछि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थल नजिक चट्याङ परेका कारण टावरमा समस्या आएको विमानस्थलले जनाएको छ । 

    शुक्रबार परेको वर्षा र हावासँगै विमानस्थल नजिकै चट्याङ परेको थियो । टावरमा समस्या देखिएपछि अपराह्नदेखि विमानस्थल बन्द गरिएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।

    उहाँका अनुसार करिब चार बजे टावर नजिकै परेको चट्याङ्गका कारण टावरमा धुवाँ आएको थियो । यसको साथै टावरको तार चुँडिएको र रन वेको पापी (पिएपिआइ) लाइट बिग्रेको कारण विमानस्थल बन्द गरिएको दाहालले जानकारी दिए । 

    ‘टावरमा समस्या आएको कारण विमानस्थल बन्द गरिएको छ,’ दाहालले भने, ‘शनिबार पापी लाइट बने राती अवतरण हुनेछ अन्यथा भिओआर प्रविधिको प्रयोगबाट दिउँसो मात्र विमानस्थल सञ्चालनमा आउने सम्भावना रहेको छ ।’

    विमानस्थल बन्द भएपछि भैरहवा विमानस्थलबाट विभिन्न जिल्ला जान हिँडेका यात्रु र यहाँ आउने यात्रु प्रभावित भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार