Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फेरि सर्‍याे पुलिस र च्यासलको खेल


    शुक्रबार, माघ २१ २०७८
    700
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत कोभिड १९ का कारण स्थगित भएको च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबीचको खेल तालिका पुनः परिवर्तन भएको छ ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार च्यासल र पुलिसको खेल बुधबारका लागि तय गरेको हो । यसअघि एन्फाले यी दुई टोलीबीचको खेल शनिबार हुने बताए पनि वर्षाका कारण मैदान खेल्न योग्य नभएपछि खेल दोस्रो पटकको लागि परिवर्तन गरेको हो ।  

    खेल दशरथ रंगशालामा दिउँसो एक बजेदेखि सुरु हुनेछ । यसअघि च्यासल युथ क्लबका १९ खेलाडीमा कोभिड–१९ संक्रमण देखिएपछि पूर्वनिर्धारित समयमा हुन सकेकको थिएन ।

    यस्तै एन्फाले लिगको १०औं चरणको खेल २८ माघबाट हुने जनाएको छ । यद्यपि, १०औं चरणका खेलहरुको तालिका भने सार्वजनिक गरिएको छैन । 

    नवौं चरणको खेल सकिँदा मछिन्द्र फुटबल क्लब शीर्षस्थानमा छ । जारी लिगको पुछारमा रहने दुई टोली दोस्रो डिभिजनमा घटुवा हुनेछन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार