Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • महिला भलिबल टोली सरकारबाट नगदसहित पुरस्कृत


    शुक्रबार, माघ २१ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गत पुसमा बंगलादेशमा आयोजित एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कप (एभिसीं) अन्तर्गत महिलातर्फको उपाधि विजेता नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई सरकारले नगदसहित पुरस्कृत गरेको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बालुवाटारमा विजेता महिला भलिबल टोलीका १२ सदस्यलाई जनही पाँच लाख नगदसहित पुरस्कृत गरेका हुन् ।

    यस्तै टोलीका दुई प्रशिक्षकलाई जनही तीन लाख र एक अफिसियललाई दुई लाख नगदसहित पुरस्कृत भए । ढाकामा उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपालको महिला टोलीले लगातार दोस्रोपटक उपाधि रक्षा गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार