Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • दुई हजार ५२६ जना कोरोना संक्रमित थपिंदा १६ जनाको मृत्यु, आठ हजार ४२५ जना निको भए


    शुक्रबार, माघ २१ २०७८
    680
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय २६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरेको ११ हजार ७३ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।

    मन्त्रालयका अनुसार ६६५५ पिसिआर परीक्षणबाट १६०२ र ४४१८ एन्टिजेन परीक्षणबाट ९२४ जनामा संक्रमण पुष्टि भएको हो।

    पछिल्लो २४ घण्टामा ८४२५ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा १६ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।

    हाल देशभर ५६ हजार ४५७ जना कोरोनाका सक्रिय संक्रमित छन्।

    यस्तै काठमाडौं उपत्यकामा ७४५ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ५७०, भक्तपुरमा ५५ र ललितपुरमा १२० जना संंक्रमित थपिएका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार