Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हावाहुरीले मधेश प्रदेशमा तीन जनाको मृत्यु


    शुक्रबार, माघ २१ २०७८
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम । मधेश प्रदेशमा बिहीबार रातिदेखि सुरू भएको हावाहुरीले च्यापिएर तीन जनाको मृत्यु भएको छ।

    प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार हावाहुरीले धनुषाको सबैला नगरपालिका—१२ स्थित फकिरचन्द उच्च माविको प्रांगणमा रहेको रूख ढल्दा ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ वर्षिय अरबन्दी सदाको मृत्यु भएको छ ।

    त्यसैगरि रौतहटको बौधीमाई नगरपालिका—१ स्थित इँटाको घर खस्दा ४५ वर्षीया फुलमतीया देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

    घरमै च्यापिएर फुलमतीयाका दुई वटा बाख्रासमेत मरेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार