Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्वास्थ्य मापदण्ड र प्रशासनको आदेशविपरीत गाउँपालिका अध्यक्षले गरे भोज


    शुक्रबार, माघ २१ २०७८
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी । कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयबाट जारी भएको आदेशविपरीत सप्तरीको रूपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले भोजको आयोजना गरेका छन् । 

    कोरोना नियन्त्रण तथा रोकथामका लागि भन्दै जिल्ला प्रशासनले २५ जनाभन्दा बढी भेला हुन नपाइने, सभा, सम्मेलन गर्न नपाउने आदेश जारी गरेको छ । तर, यस आदेश र स्वास्थ्य सुरक्षाको मापदण्डविपरीत अध्यक्ष यादवले आफ्नो आमाको १३औँ दिनको पुण्यतिथिमा सयौँ मान्छे सहभागी गराएर भोजको आयोजना गरेका हुन् । 

    उनले पाँचवटा सभा गरेर सयौँ मानिसलाई भोजमा सहभागी गराएका हुन् । पाँच सभा भोजमा १० देखि २५ गाउँका मानिस सहभागी थिए । अध्यक्ष यादवको आमाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । 

    272939309_452867073184337_2857150105111263217_n.jpg.jpg259252292_368812001246333_150229914951487439_n.jpg261285680_670103104183966_4935892851779291806_n.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार