Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • साझेदारको हत्या आरोपमा पक्राउ परेका अनिल मण्डलसहित ३ जना सार्वजनिक


    शुक्रबार, माघ २१ २०७८
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मोरङ प्रहरीले आफ्ना साझेदारहरुको हत्या गरेको आरोपमा पक्राउ परेका अनिल मण्डलसहित तीन जनालाई सार्वजनिक गरेको छ ।

    प्रहरीले आज बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हाे ।

    सार्वजनिक हुनेमा सिरहा नगरपालिका–२१ स्थायी घर भई काठमाडौंको बल्खु बस्ने ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका–४ सिस्वनी घर भएका अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरका ६२ वर्षीय नासिर आलम रहेका छन् । यीमध्ये मण्डल मुख्य आरोपी हुन् । 

    कारोबारको रकम एकलौटी बनाउने उद्देश्यले उनका साझेदारहरु राजेन्द्र कुमार श्रेष्ठ, शम्भु कुमार चौधरी र मोहन लिम्बुको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

    श्रेष्ठ र चौधरीको शव मोरङको धनपालथानस्थित उखुबारीमा खाल्डो खनेर गाडिएको थियो भने लिम्बुको शव बिहीबार ललितपुर महानगरपालिका–१२ ठेंचोस्थित एक गोदाम घर रहेको कम्पाउण्डमा गाडिएको अवस्थामा फेला परेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार